काठमाडौं । गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य धनन्जय दवाडीले कांग्रेसले सत्ताका लागि जे गर्दा पनि ठीक हुन्छ भन्ने तथ्य स्थापित गर्न खोजेको आरोप लगाएका छन्।
मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै दवाडीले एमालेको सरकार ढालेको औचित्य पुष्टि गर्न कांग्रेसलाई गाह्रो हुने टिप्पणी गरेका हुन् ।
“२०५१ सालमा एमालेले लोकप्रिय सरकार चलाइरहेको थियो । तर, कांग्रेसले सरकार ढाल्दा देश प्रतिगमनमा गयो । अहिले पनि सत्ताका लागि जुन छिनाझप्टीलाई बढावा दिइरहेको छ । जो पनि ठीक, सत्ताका लागि जे पनि ठीक भन्ने सन्देश दिइरहेको छ । दवाडीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया