प्रदेश ५ः आर्थिक कार्यविधि पारित, १ अर्ब २ करोड बजेट उपलब्ध

बुटवल । ५ नं. प्रदेशसभाको ८औंं बैठकले आर्थिक विधेयक पारित गरेको छ ।यहि चैत ४ गते संसद बैंठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पेश भएका सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।सो विधेयकलाई संसदले बहुमतले पारित गरेको हो । पारित गरिएको विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश सरकारले आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेछ ल्याउन बैंकमा खाता खोल्न पाउने छन् ।त्यस्तै संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश सरकारलाई १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । संसदबाट आर्थिक कार्यविधि पास भएपछि प्रदेश सरकारले त्यो बजेट व्यवस्थापन गर्न सुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?