फेसबुकको दोस्ती : जागिर लागाइदिन्छु भन्दै ६ महिनासम्म बन्धक बनाएर बलात्कार

लोकपथ
357
Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग निकै बढेको छ । विशेष गरि फेसबुकको प्रयोग बिनाको विश्व कल्पना नै गर्न नसकिने भइसकेको छ ।

‘टेक्नोलोजी’को प्रयोगले मानिसहरुलाई धेरै फाईदा त छ तर कहिलेकाहि यही फेसबुक घातक सवित हुने गरेको छ ।

भारतमा यस्तै एउटा घटना घटेको छ । भारतको छत्तीसगढ़को अंबिकापुर शहरकी एक युवतीले फेसबुकमा एउटा पुरुषलाई साथि बनाइन् । उनीहरुबीच लामो समय कुराकानी हुन थाल्यो ।

युवती छत्तीसगढ़मा बस्थिन् र पुरुष दिल्लीमा बस्थे । काम लगाइदिन्छु अनि हामी सँगै बसौला भन्दै ती युवबले उनलाई दिल्ली बोलाए ।

काम लगाइदिने बाहानामा युवतीलाई दिल्ली बोलाएपछि उनी पनि जान तयार भइन् ।

घरमा साथिकोमा जान्छु भन्ने झुट बोलेर उनी दिल्ली गइन् । तर ती पुरुषले ती युवतीलाई आफ्नै घरमा थुनेर राखे ।

ती पुरुषले उनलाई दिनकै कुट्ने र पटक पटक बलात्कार गर्थे ।

यसरी बन्दक भएर बसेको ६ महिनापछि युवतीले एकदिन ती पुरुषको फोन फेला पारिन र आफ्नो परिवारलाई फोन गरेर सबै घटनाबारे बताइन् ।

उनको परिवारले तत्काल प्रहरीलार्इ खबर गरेर उनलाई त्याहाबाट छुटाए ।

ती पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । र घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?