स्वीस बैंकमा नेपालीको धन बढेकोप्रति धनराज गुरुङको व्यंग्य : ‘ब्वाँसाहरुले देश रित्याउने भए’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले स्वीस बैंकमा नेपालीहरुको धनको मौज्दात बढेको भन्ने तथ्यांकप्रति आपत्ती जनाएका छन् ।

गरिबहरुलाई छाक टार्न धौधौ भएको परिरहेका बेला स्वीस बैंकमा नेपालीहरुको मौज्दात एक वर्षमा २२ अर्बबाट बढेर ८६ अर्ब प्रति आपत्ति जनाउँदै देश रित्तिन लागेको टिप्पणी गरे ।

शनिवार ट्वीट गर्दै नेता गुरुङले सेक्युरिटी प्रिटिङ प्रेस, वाइडबडी जस्ता दर्जनौँ काण्डहरुको ढाकछोप भएका कारण नै स्वीस बैंकमा नेपालीहरुको मौज्दात बढेको संकेत गरेका छन् ।

नेता गुरुङले भनेका छन्- ‘गरीबलाई छाक टार्न धौधौ छ तर स्विस बैंकमा नेपालीको कालो धनको मौज्दात १ बर्षमै २२ अर्बबाट ४६अर्ब? ब्वाँसाहरुले देश रित्याउने भए। यती,ओम्नी,सेक्युरिटी प्रिन्टिङ प्रेस,वाइडबडी जस्ता दर्जनौं काण्डहरुलाई नियाल्दा यो विषयमा पनि प्र.म.ज्युले छानवीन हैन ढाकछोप नै गर्नुहोला। भ्रष्ट शासन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?