काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया