मुम्बई – बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ । उनका फिगरलाई लिएर पनि धेरै फ्यान प्रभावित भएका छन् ।प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस् । आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन् । तर उनले खानामा भने ख्याल गर्ने गर्छिन् । त्यसकारण पनि उनी फिट देखिन्छिन् ।आलिया बिहान उठ्ना साथ ब्रेकफास्टमा अम्लेट या एग स्यान्डवीच खाने गर्छिन् । यसका अलावा उनले कहिलेकाहीं स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन् ।नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफुल सधै खाने गर्छिन्। साथै उनलाई जुस पनि उत्तिकै मन पर्छ ।लन्चमा उनी उमालेको सब्जी खान्छिन् । त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न । यसका अलावा उनले खानामा कहिलेकाहीं दूध पनि खान्छिन् । चिया खानुपरेमा सधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन् ।डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन् । यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन् ।उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन ।एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया