काठमाडौं । भारतमा १९ वर्षीय पुरुषले आफ्नै परिवारको ४ जनाको हत्या गरेका छन् । पश्चिम बंगालको मालदा इलाकामा आरिफ नामका पुरुषले आफ्नै आमा,बाबु, हजुरआमा र बहिनीको हत्या गरेका हुन् ।
भारतीय प्रहरीका अनुसार हत्या भएको ४ महिनापछि मात्रै घटना बाहिर आएको हो ।
भएको के थियो ?
प्रहरीले आरिफसँग लिएको बयानका अनुसार : फेब्रुअरी २०२१ मा आसिफले आफ्नो पुरै परिवारलाई नशालु पदार्थ खान दिएका थिए । नशालु पदार्थ सेवन पछि उनले पालै पालो आमा,बाबु, हजुरआमा र बहिनिको हत्या गरेको बताएका छन् ।
आसिफले ४ जनाकै शव घर नजिकैको गोदाममा लगेर गाडेका थिए ।
यसरी खुल्यो पोल :
घटना भएकै दिन आसिफ भने बच्न सफल भएका थिए । सबै जना बेहोस भएको देखेपछि उनले खमने कुरा खाएको जस्तो मात्रै गरेर शौचालय जाने बाहानामा त्याहाबाट भागेका थिए । आसिफका दाईले भाइले आफूलाई पनि मार्छ भन्ने डरले ४ महिनापछि मात्रै प्रहरीलाई घटनाबारे बताएका थिए ।
उनको उजुरी पछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । प्रहरीले आसिफलाई प्रकाउ गरेर अनुसन्धान गर्दा उनले हत्या गरेको बताएका छन् ।
प्रहरीले आसिफले शव गाडेको ठाँउबाट शव पनि बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया