एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय गरेको हो ।

जसअनुसार अब जोर बिजोर प्रणाली लागू गरि निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बार अनुसार पसल सञ्चालन हुने बताइएको छ ।

प्रशासनको निर्णय अनुसार निजी सवारी साधनको हकमा भने जोर बार जोर नम्बर प्लेटका सवारी र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरिएको छ ।

बैठकको निर्णय अनुसार थप गरिएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । भने पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलिबाट थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?