कोरोना संक्रमणको हिसावले नेपाल ४० औँ स्थानमा

काठमाडौं । हाल नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ४० औँ स्थानमा रहेको छ ।

वल्डोमिटरको तथ्यांक अनुसार नेपाल भन्दा अघि अष्ट्रिया पछि युनाइटेड अरब इमिरेट्स रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कुल दशमलव परीक्षणमध्ये ३१ दशमलव ३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुल १० हजार ९ सय ५६ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । त्यसमध्ये १ हजार ४ सय २१ जनामा पीसीआर र १ हजार २१ जनामा एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ६ सय ६७ पुगेको छ ।

प्रवक्ता पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ४५०, भक्तपुरका ५३ र ललितपुरका २५ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?