काठमाडौं । नेपालीस्थित भारतीय राजदूतवासले यस वर्षको योग दिवस भर्चुअल माध्ययमबाट मनाएको छ ।
कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको थियो । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत ‘Common Yoga Protocol’ अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।
सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए भने सो कार्यक्रमलाई नेपालभरीबाट हेरेका थिए ।
त्यसैगरी योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
यो बाहेक, योगाचार्य श्री सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो ।
दूतावासले भर्चुअल माध्यमबाट आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालभरीका नेपालीहरुले सहभागीता जनाएका थिए ।
संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको हो । । उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया