काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान रचेका छन्।
गए राती फ्रान्सविरुद्ध दुई गोल गर्दा उनी फुटबल इतिहासको अन्तराष्ट्रिय मञ्चमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी रोनाल्डोले पोर्चुगलको लागि १०९ गोल गरेका छन्।
त्यस्तै उनी अन्तराष्ट्रिय मञ्चमा सर्वाधिक गोल गर्ने एकमात्र सक्रिय खेलाडी भएका छन्।
रोनाल्डोले इरानका अलि डाईको कीर्तिमान बराबरी गर्दै अन्तराष्ट्रिय खेलमा आफ्नो गोल संख्या १०९ बनाएका हुन्। रोनाल्डोले १७८ खेल खेल्दा पोर्चुगलको लागि १०९ गोल गर्न सफल भएका हुन्। यसअघि डाईले १४९ खेलमा १०९ गोल गर्न सफल भएका थिए।
जारी युरो कप २०२० मा पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गरेको हुँदा रोनाल्डोलाई यसै प्रतियोगितामा आफ्नो गोल संख्या बढाउने मौका मिलेको छ। पोर्चुगलले अब अन्तिम १६को खेलमा बेल्जियमको सामना गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया