१. प्रधानमन्त्री ओलीद्वारा रिक्त रहेका मन्त्रालयमा आफूसहित चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड, रक्षा र परराष्ट्र आफैँलाई, अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई
२. राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान, राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइयो
३. हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरूलाई कार्तिक मसान्तसम्मको समय सीमा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय, प्राकृतिक विपत्तिबाट क्षति रोक्न तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन
४. १२ हजार २३२ जनाको कोरोना परिक्षण गरिएकोमा थप २ हजार ४७४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु, २ हजार ५१८ जना संक्रमणमुक्त
५. विपक्षी गठबन्धन प्रधानमन्त्रीलाई हटाउनका लागि मात्रै नभएको भन्दै नेता नेपाललाई परेको अफ्ठ्यारोमा साथ दिने माओवादी अध्यक्ष दाहालको भनाई, आफूहरुभन्दा राम्रा नेता आए छोड्न तयार रहेको स्पष्टोक्ति
६. प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमलाई सच्याउन गठबन्धनलाई समर्थन जनाएको नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री नेपालको प्रष्टोक्ति, भन्छन् ः म माधव नेपाल पूर्वप्रधानमन्त्री र एमालेको वरिष्ठ नेता हुँ ओलीको कारबाहीको अर्थ छैन
७. १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको कांग्रेस सभापति देउवाको भनाई, प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्न गठबन्धन बनाएको दाबी
८. ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत् देशमा स्वेछाचारी शासन चलाउन खोजेको जसपा अध्यक्ष उपेन्द्र यादवको भनाई, लोकतन्त्र, प्रेस स्वतन्त्रता र संविधानवादमाथि विश्वास नभएको भनाई
९. राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त, डाक्टर हरि पौडेल अख्तियारको आयुक्त
१०. विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुद्वारा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन, सडकबाटै प्रतिगमन सच्याउने दाबी
११. दक्षिणकालीमा विभत्स अवस्थामा भेटिएकी सन्तोषीको हत्या सिन्धुपाल्चोकका सुरेश तिमल्सिनाले गरेको खुल्यो, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई
१२ कम्प्युटरको एन्टि भाइरस सफ्टवेयर म्याकफी बनाउने उद्यमी जोन म्याकफीले आत्महत्या गरेको आशंका, बार्सिलोनाको एउटा जेलमा मृत अवस्थामा फेला
१३ अन्य अवकाश कोषको रकम ल्याउनुपर्ने हल्ला निराधार भएको सामाजिक सुरक्षा कोषको भनाई ६० वर्ष पहिले नै जागिर छोडेमा निवृत्तिभरण योजनाको रकम पाउन ६० वर्षसम्म पर्खनुपर्ने भन्ने हल्लामात्रै
१४. विश्वभर समान रुपमा खोप वितरण गर्ने लक्ष्यका साथ चीनद्वारा विश्वव्यापी खोप कार्यक्रम ‘बेल्ट एन्ड रोड भ्याक्सिन पार्टनरसिप’ घोषणा, डब्लूएचओको कोभ्याक्स जस्तै कार्यक्रमबाट गरिबलाई प्राथमिकता दिने
१५. भारतमा हुने एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने आगामी वर्षको जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म आयोजना हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया