काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले देश सञ्चालन राजनीतिबाटै हुने बताएका छन् ।
फिदिम नगरपालिकाको नवौं नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सञ्चालन गर्ने दायित्व नै राजनीतिकै भएको बताएका हुन् । मुलुक सञ्चालन गर्न राजनीतिको विकल्प नरहेको उनको भनाई छ ।
उनले जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही हुनुपर्ने पनि बताए । उनले पाँचथर जिल्लालाई मेडिकल हवको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री नेम्वाङले प्रदेश सरकारको नीति तथा कार्याक्रममा पाँचथर अस्पताललाई १ सय बेडको बनाउने उल्लेख भइसकेकाले चौविसै घण्टा सेवा दिन सकिने गरी सबै लाग्न आग्रह समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया