काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
बिहीवार तीनकुनेस्थित न्यौपाने टावरमा सम्पन्न साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको १९ दशमलव ११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनाको लागि १ दशमव ००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी संस्थापक र सर्वसाधारण शेयरधनीहरुबीचको पुँजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तमको ले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने छ ।
हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ४ अर्ब ६५ करोड रहने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया