काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खर्बास्त गर्न माग गरेका छन् ।
मन्त्री श्रेष्ठले सञ्चारकर्मी रुपा सुनारले दिएको उजुरीको अनुसन्धान भइरहेको अवस्थामा हिरासतमा रहेकी काठमाडौंकी घरबेटीलाई थुनामुक्त गर्न प्रहरी चौकि पुगेको भन्दै दलित जनुमक्ती मोर्चाले आपत्ति जनाएको छ ।
मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भर्त्सनासमेत गरेको जनाएको छ । ‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया