अधिवक्ता पोखरेलको पश्न : ‘राजीनामा नदिएको व्यक्तिले प्रधानमन्त्री दाबी गर्न मिल्छ ?’

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता सुनील पोखरेलले विश्वासको मत प्राप्त गर्न नसकेको र राजीनामा नदिएको व्यक्तिले प्रधानमन्त्रीका लागि दाबी गर्न नमिल्ने जिकिर गरे ।

शुक्रवार रिट निवेकको तर्फबाट बहस गर्दै अधिवक्ता पोखरेलले सरकार गठन गर्न नसके मात्र संसद विघटन गर्न सकिन बताएका छन् । त्यस्तै राजीनामा नदिएको र विश्वासको मत नलिएको व्यक्तिले फेरि संसद विघटन गर्न मिल्छ भन्दै प्रश्न गरे ।

“राजीनामा नदिएको, विश्वासको मत प्राप्त नलिएको व्यक्तिले फेरि प्रधानमन्त्री दाबी गर्न मिल्छ ।” उनले भने ।

त्यसैगरी अहिलेको संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेकोको दाबी गरेका छन् ।

बहस गर्दै उनले संविधानको धारा ७६ को उपधारा १, २ र ३ बमोजिम जनताले सरकार बनाउने बाटो रहेको बताए ।

“धारा ७६ को उपधारा २ र ५ बमोजिम म भनेर दाबी गर्ने हो । उपधारा ३ भनेको स्वतः पाउने हो । व्यक्तिले म प्रधानमन्त्री बन्दिन भन्न सक्छ । तर दलले भन्न सक्दैन ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?