कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भने- ‘संघीय निजामति ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्छ’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपुर्ति र बढुवा रोकिदाँ कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेश मार्फत् नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्ने बताएका हुन् । कर्मचारीको लागि पदपुर्ति, बढुवा लगायतका मुलभुत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनको निम्ति मुख्यसचिव, प्रधानमन्त्री र आफुबीच छलफल भएको भएपनि नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उनले बताए ।

संसद नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संविधानमा नै उल्लेख गरेको भन्दै उनले अध्यादेश ल्याउने सम्बन्धमा अध्ययन गरिरहेको पनि बताए । उनले भने( ‘यो संघीय निजामती ऐनलाई मुलभुत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गि¥यो भने कसरी काम गर्छ ? त्यसै कारणले यो आझेलमा राख्नु हुँदैन जानुपर्छ भनेर मेरो, मुख्यसचिवको सहमती भएर अगाडी बढाउने कुरा भएको थियो । तर नागरिकताको रिजेल्ट आइसकेपछि फेरी हामी अलिकति स्टप भयौँ । नीजामति ऐनको म त देखिरहेको छु यो हाउसबाट अहिले तत्कालै निर्णय होला, के होला नहोला त्यो अन्योल नै कुरा छ । यस तर्फ हाम्रो गम्भिर ध्यान गएको छ । हाउस नचलेको बेला लग्नसक्छ सरकारले आवश्यकता अनुसार भनेको छ संविधानले । त्यसकारण यो लग्नुपर्छ भन्नेमा नै छु म चाहीँ । अध्यययन गर्दैछौँ के गर्ने भन्नेमा ।’

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिको कारण प्रदेश र स्थानीय तहमा समेत अनुशासनहिनता बढको बताए । उनले चीनबाट कोभिड – १९ विरुद्धको ४० लाख खोप ल्याउने कुरा अगाडी बढिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?