काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
यसैक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुसँग छलफल गरेका छन् ।
केहिबेरअघि पौडेल पक्षका नेताहरुको बैठक बसुन्धरास्थित दियालो फुडल्याण्डमा शुरु भएको छ ।
आसन्न महाधिवेशनको तयारीका बारेमा छलफल गर्न उक्त बैठक बसेको एक नेताले जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, रामशरण महत लगायतका नेताहरुको उपस्थिती रहेको छ ।
यसअघि महामन्त्री कोइराला, नेता सिंह र पार्टी उपाध्यक्ष बिमलेन्द्र निधिबीच भेटघाट भएको थियो । नेतात्रयको बैठकमा संस्थापन इतरका नेताहरु एक भएर अघि बढ्ने विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया