काठमाडौं । नेपाल ओलम्पिक समितिले खेलकुदका पोशाक तथा सम्पूर्ण सामान बनाउने कम्पनी केल्मीसँग प्रायोजन सम्बन्धी सम्झौता गरेको छ।
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडीको पोशाक, जुत्ता, किट ब्याग लगायतका समानहरु प्रायोजन गर्ने बारे नेपाल ओलम्पिक समिति र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिंग बिच शुक्रबार सम्झौता भएको हो।
नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्र बिच सहकार्य र साझेदारी आवश्यक रहेको कुरा उल्लेख गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। त्यस्तै कामरू ट्रेडिङका निर्देशक प्रदीप न्यौपानेले पनि नेपाली खेलाडीहरूसँग लामो समयसम्म सहकार्य र साझेदारी गर्ने छलफल भएको बताए।
पछिल्लो समयमा केल्मीले एन्फा लगायत विभिन्न विभागीय टोली, तेक्वान्दो, कराते र भलिबलसँग सहकार्य गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया