काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज ‘शनिवार’बाट अन्तिम १६ अर्थात् ‘नकआउट’ चरणका खेल शुरु हुँदै छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली र समूह ‘ए’, ‘सी’, ‘डी’ र ‘एफ’मा तेस्रो स्थानमा रहेका टोलीहरू अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। ‘नकआउट’ चरण अन्तर्गत आज राती दुई खेलको तालिका रहेको छ।
आजको पहिलो खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजेबाट शुरू हुँदा दोस्रो खेल मध्यरात १२:४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।
आजका दुई खेल
१) वेल्सविरुद्ध डेनमार्क
नेपाली समय: बेलुकी ९:४५
स्थान: योहन क्राइफ एरेना, आमस्टरड्याम, नेदरल्यान्ड्स
वेल्स: समूह ‘ए’ उप-विजेता
डेनमार्क: समूह ‘बी’ उप-विजेता
प्लेयर्स टू वाच: ग्यारेथ बेल (वेल्स), कास्पर स्माइकल (डेनमार्क)
२) इटालीविरुद्ध अस्ट्रिया
नेपाली समय: मध्यरात १२:४५
स्थान: वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
इटाली: समूह ‘ए’ विजेता
अस्ट्रिया: समूह ‘सी’ उप-विजेता
प्लेयर्स टू वाच: म्यानुवेल लोकाटेल्ली (इटाली), डाविड अलाबा (अस्ट्रिया)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया