काठमाडौं । आईसीसी टी-ट्वेन्टी क्रिकेट विश्वकप युएईमा हुने पक्का भएको छ।
यसै वर्ष भारतमा हुने भनिएको टी-ट्वेन्टी विश्वकप कोरोना महामारीका कारण युएईमा सारिएको भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’का अध्यक्ष सौरभ गांगुलीले जानकारी दिएका छन्।
‘बीसीसीआई’ले सोमवार अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’लाई आफ्नो निर्णय बारे जानकारी दिएको हो। यद्यपि ‘आईसीसी’ले खेल तालिका भने जुलाई महिनामा मात्रै सार्वजनिक गर्नेछ। १६ टोली सम्मिलित टी-ट्वेन्टी विश्वकप अब युएईको राजधानी आबु धाबी सहित दुबई र शारजाहमा हुने पक्का भएको छ।
यस अघि टी-ट्वेन्टी विश्वकप भारतको ९ सहर दिल्ली, मुंबई, चेन्नई, कोलकाता, अहमदाबाद, बेंगालूरु, धर्मशाला, हाइदराबाद र लखनऊमा हुने भनिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया