काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रि दर १४१ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रिदर ८९ रुपैयाँ ७१ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ९८ पैसा, बिक्रीदर ३२ रुपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया