काठमाडौं, २२ असोज- नेपाल राष्ट्र बैंकले ३० वर्षे सेवा अवधि हटाएसँगै आर्थिक भार न्यूनीकरण हुने भएको छ । राष्ट्र बैंकले ३० बर्से कार्यकाल हटाएर उमेर हदका आधारमा ५८ बर्से एकद्वार अवकाश नीति बनाएसँगै राष्ट्र बैंकलाई हुने ठूलो आर्थिक भार कम हुने देखिएको हो ।गत आइतबार राष्ट्र बैंक सञ्चालक समितिले अवकाश नीतिको विद्यमान अवस्थालाई परिमार्जन गर्दै ५८ वर्षे अवकाश नीति लागू गर्ने गरी रायका लागि लोक सेवा आयोग पठाइसकेको छ । लोक सेवाबाट राय आउनेबित्तिकै ३० वर्षे नियम हटेर ५८ वर्षे सेवा अवधि लागू हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५८ वर्षे अवकाश नीति लागू गरेसँगै ३ सयभन्दा कर्मचारीको सेवा अवधि लम्बिएको छ ।जसले आगामी दिनमा बैंकिङ क्षेत्र सुधारमा ठूलो सहयोग पुग्न सक्ने राष्ट्र बैंक जनाएको छ, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया