काठमाडौं । शेयर बजारमा आज बुधबार पनि गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डको निर्णय पछि लगातार घटेको बजार पछिल्लो केही दिन बढेको थियो । तर मंगलवारदेखि पुनः बजारमा पुन गिरावट आउन थालेको छ ।
आज बजार ४.१३ अंकले घटेर २८२३.८७ अंकमा पुगेर कारोबार रोकिएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।
बुधवार २ सय २० कम्पनीको कारोबार ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ५ सय ३५ रुपैँया बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता शेयर किनबेच भएको छन् । आज ६८ हजार १ सय ९२ पटक कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया