निर्वाचनका लागि ७ अर्ब ७२ करोड बढी खर्च गर्न पाउने सहमती

काठमाडौं । सरकारले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब बढी खर्च गर्न पाउने गरी सहमती प्रदान गरेको छ ।
आज अर्थ मन्त्रालयले आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरि सहमती प्रदान गरेको हो ।

मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि सो रकमका लागि सहमती प्रदान गरेको हो । उक्त रकम निर्वाचन प्रयोजनका लागि प्रयोग हुने सामाग्री तथा अन्य सामाग्री खरिद र व्यवस्थापनमा खर्च गरिनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कार्तिक २६ र मंसिर ३ गते गरि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । त्यस्तै घोषित निर्वाचनका लागि रकम अभाव हुन नदिने समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?