क्यानाडा पठाइदिन्छु भन्दै १ करोड ५० लाख ठगी गर्ने पक्राउ

लोकपथ
469
Shares

काठमाडौं । क्यानाडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनापक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पाँचखालका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।

अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए ।

अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ । उनले हालसम्म १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

अधिकारीहरू थप अनुसन्धानका लागि महानगरीय परिसर काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?