कोपा अमेरिका २०२१ : पेनाल्टी शुटआउटमा पाराग्वे पराजित, पेरू सेमी फाइनलमा

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार भएको पहिलो क्वार्टर फाइनल खेलमा पेरूले पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेको छ।

ब्राजिलको ‘ओलम्पिको पेड्रो लुडोभिको टेक्सेरा’मा भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले ३-३ गोलको बराबरी खेल खेल्दा विजेता टुङ्गो लाग्न सकेको थिएन। कोपा अमेरिकामा निर्धारित समयमा विजेता टुङ्गो नलाग्दा खेलमा ३० मिनेटको अतिरिक्त समय नथपिने भएकोले खेल सोझै पेनाल्टी शुटआउटमा गएको थियो।

पेनाल्टी शुटआउटमा पाराग्वेले प्रहार गरेको ६ पेनाल्टीमा मात्र ३ गोल गर्न सक्यो। उता पेरूले भने आफ्नो ६ पेनाल्टी किकमा ४ गोल गर्न सफल हुँदा खेलमा जित दर्ता गरेको हो। यस जितसँगै गत संस्करणको उप-विजेता पेरुको सेमी फाइनल यात्रा पक्का भएको छ। सेमी फाइनल खेलमा अब पेरूले साविक विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?