काठमाडौँ- लगातारको वर्षासँगै आएको पहिरोमा परि धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ्खोलामा २ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको च्यापिएर मृत्यु भएको हो । त्यस्तै ना ७ ख ३२० नम्बरकाे कन्टेनरमा सवार साेनी देवीकाे उपचारकाे क्रममा गण्डकी अस्पतालमा निधन भएकाे छ । घटनामा तीन जना घाइते भएका छन् । घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरोपछि राजमार्गमा बन्द भएको छ । गल्छी, घाटबेसी, बेनीघाट, जोगीमारा, तिकराङलगायतका ठाउँमा पहिरोले गएको छ । यसैबीच पहिरोले बन्द भएको मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया