‘म कर्मचारी कि दलाल, गर्छन् कि कसो जनताले हलाल !’- प्रेमप्रसाद सञ्जेल

काठमाडौँ- भ्रष्ट्राचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन्।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा कार्यरत उपसचिव सञ्जेलले ५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन्।

उनले सामाजिक संजालमा मात्र ४०  वर्ष चार महिना ६ दिन जनताको सेवा गरी बिदा भएँ भनेर लेखेका छन् । उनले आफ्नो अनुभव बाड्दै नेपालमा नेता मात्र नभई कर्मचारी पनि उत्तिकै खराब भएको उल्लेख गरेका छन्।

‘नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ ।  पाए घुस खान्छ’ उनले लेखेका छन्, ‘नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा  लिएँ ।’

उनले फेसबुकमा लेखेका छन्, ‘घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे,घोप्टे,कपटी,चाप्लुसे “घुभुछुजकद्र घोघोकचा” देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक सँरक्ष्यकहरु/ र ……….हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र ………बाट अवकाश भै/ वा खारेज भै “सँधैको लागि” घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र “घुस्याहा कालोअनुहार” तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको “”प्रायोजन”” गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।धन्यबाद ।’

उनले भनेका छन्, ‘ नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नैदेश सुधार्न के कसम खायौ ? अझैघुस, कमिसन,नजराना,इनाम, बक्सौनि,रिश्वतको नाममा आफ्नैदेश र गरिब नेपाली जनताको रगत चुस्दै छौ? मैले भ्रष्टाचार बिरुद्ध लड्दा जेल,ज्यान र जागिरमाथि हिडने आबश्यक परेका बखत बात,हात र लात चलाउने,समयले जे निर्णय गर्छ,सोही मान्ने कसम खाएर सरकारी जागिर /स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी िवदा लिएँ ।धन्यबाद ।’

उनले एउटा कविता पनि रचना गरेका छन्।

म कर्मचारी कि दलाल !

म कानमा लाउने सुनको दलाल

म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार-दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छन कि कसो जनताले हलाल l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?