प्रधानमन्त्री ओली र नेपालबीच फोनवार्ता

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोनवार्ता भएको छ। उनीहरूबीच शनिवार दिउँसो पार्टीको राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ।

पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच फोन संवाद गराएका हुन् । त्यसका लागि नेता भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन ओली पक्षले नेपाल पक्षलाई शुक्रवार अल्टिमेटम दिएको थियो। नेपाल पक्षका नेताहरुले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?