सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुको प्रदर्शन

लोकपथ
98
Shares

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विरोध जनाइरहेका छन् ।

यसैक्रममा आइतवार प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने भन्दै असहमती जनाएका छन् ।

कर्मचारीहरुले यसअघिका सुविधा र कोषमा आवद्ध भइसकेको सुविधा तुलना गर्दै त्यसबाट कर्मचारीहरुलाई असर पर्ने समेत जनाएका छन् ।

कार्यालयमा कर्मचारीहरुले आज विरोध स्वरुप कालो ब्यानरसहित प्रदर्शन समेत गरेका छन् ।

त्यस्तै उनीहरुले खाईपाई आएको सेवासुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने र नेपाल वित्तीय संस्था कर्मचारी संघले विगत २ वर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएकाले असहमति जनाइएको उल्लेख गरिएको छ ।

संचयकोष, उपदान तथा थप योगदान वापत जम्मा भएको सम्पूर्ण रकममा ९० प्रतिशतसम्म ऋण पाइने व्यवस्था गरिएको छ । तर कोषमा आवद्ध भएपछि .कोषवाट कर्जा लिनको लागि ३ वर्ष योगदान गरेको हुनुपर्ने र उपदान (८.३३%) को ८० प्रतिशत मात्र कर्जा दिने व्यवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?