काठमाडौं। साताको तेस्रो दिन आज मंगलवार पनि शेयर बजार घटेको छ।
शेयर बजार ५.२४ अंकले घटेर २८१८.१० अंकमा पुगेर कारोबार रोकिएको छ । सोमवार शेयर बजार ११.७८ अंकले घटेर २८२२.७३ अंकमा पुगेर कारोबार रोकिएको थियो।
नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेपछि शेयर बजारमा लगातार गिरावट आएको हो ।
आज बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय २० कम्पनीहरुले ४ अर्व २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैँया बराबरको कारोबार गरेका छन् ।
मंगलवार १ करोड १३ लाख ५ हजार २ सय ९ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै,आज कुल ४६ हजार ३ सय १० वटा कारोबार भएका छन् । मंगलवार २२० कम्पनीका १ करोड कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका हुन्।
असार मसान्तको प्रेसर, निषेधाज्ञा खुलेपछि अल्पकालिन लगानीकर्ता बाहिरिनु, बढ्दो ब्याजदरको प्रेसर र विकसित राजनीतिक घटनाक्रमका कारण सेयर बजारले गति लिन नसकेको बजारका सक्रिय लगानीकर्ताको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया