पछिल्लो समय नेपाल वायु सेवा निगममा भएको भ्रष्टाचार छताछुल्ल भएको छ ।
भ्रष्टाचारको चरम सीमा नाघेको निगममा भएको जनरल सेल्स एजेन्ट (जिएसए) छनौटमा ठूलो आर्थिक चलखेल भएको आंशका गरिएको छ ।
निगमले जिएसए छनोट गर्दा नियमावलीले व्यवस्था गरे बमोजिम नगरेकाले ठुलो आर्थिक चलखेल भएको आशंका गरिएको हो । निगमका नायब महाप्रबन्धक (प्रशासन ) को संयोजकत्वमा पाँच सदस्यीय जिएसए छनौट समिति बन्ने व्यवस्था छ । जसमा सदस्यहरु अर्थ विभागका सदस्य,वाणिज्य विभागका सदस्य,कानुन शाखाका प्रमुख सदस्य तथा अन्तर्राष्ट्रिय बिक्री विभागका उपनिर्देशक सदस्य रहने व्यवस्था छ ।
जिएसए छनोट गर्न बैंठक बस्दा मूल्याङ्कन समितिले कार्यकारी प्रमुखको स्वीकृतिमा विशेषज्ञलाई समेत बैठकमा डाक्न मिल्ने कानुनी व्यवस्था छ । तर यसपटक कुनै पनि विशेषज्ञ यस समितिमा आमान्त्रित नगरी जिएसए छनौट गरिएको छ । निगमले जिएसए छनौट आवेदनबाट नभई दोस्रो चरणबाट गरेको छ । तर नियमावली अनुसार तेस्रो चरणबाट हुनुपर्ने व्यवस्था छ । दोस्रो चरणबाट जिएसए छनौट गर्दा कसैले पनि आधारभुत मापदण्ड पुरा गरेका छैनन् । तेस्रो चरणमा स्विकृती दिँदा पनि मापदण्ड नपुगी दिएको स्रोतको भनाइ छ ।
जिएसएमा १० करोड पच
पछिल्लो समय भ्रष्टाचारको अखडा बन्दै गएको निगमले जिएसए छनोटमा ठूलो आर्थिक चलखेल भएको छ । जिएसए छनोटमा झण्डै १० करोड रुपैयाँसम्मको चलखेल भएको स्रोतको दाबी छ ।
साउदी अरब वा दुबई जस्तो देशमा जिएसए पाउनेले मासिक कम्तिमा ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छन् ।
यस्ता छन् कैफियत
निगमले छनौट गरेको जिएसए कम्पनीमा कैफियत देखिएको छ । छनोट भएको जिएसएको मुलुकभित्रै पाँचवटा शाखा हुनुपर्ने व्यवस्था छ । तर निगमले हालै जिएसए दिएको कम्पनीहरुको पाँचवटा शाखा पनि नभएको स्रोत बताउँछ । त्यस्तै, पाँच लाख डलर बराबरको कारोबार हुनुपर्ने व्यवस्था भए पनि निगमले आफ्नो टिकट बेच्ने अधिकार दिएको जिएसएको पाँच लाख डलर कारोबार पनि छैन । त्यसका साथै साउदीमा एउटा पनि शाखा छैन ।
कार्यकारी प्रमुखको हाली मुहाली
जिएसए छनौटमा निगमका प्रमुख कार्यकारी अधिकृत डिमप्रकाश पौडेलको चरम दबाव रहेको स्रोतको भनाई छ । उनकै दबावमा प्रतिवेदन बन्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया