युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि आउँदै, कस्तो छ कम्पनी ?

लोकपथ
1.5k
Shares

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता आईपीओ ल्याउन लागेको जनाएको छ ।

हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । अरु आईपीओ जस्तै बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सम्बन्धन सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कस्तो छ कम्पनीको अवस्था ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार थालेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस संस्थालाई ईक्रा नेपाल लिमिटेड, काठमाडौंले बिबिबि रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?