काठमाडौं । बुधवार पनि शेयर बजार घटेको छ ।
आज शेयर बजार १६.९७ अंकले घटेर २८०१.१३ अंकमा पुगेर कारोबार रोकिएको छ । आज २ सय २२ वटा कम्पनीले ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैँया बराबरको कारोबार गरेका छन् । त्यस्तै, आज १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर किनबेच भएको छ । आज ४६ हजार १ सय ८३ वटा कारोबार भएका छन् ।
बुधवार विकास बैंक र लघुवित्त वित्तीय संस्था बाहेक अरु सबै उपसमूहहरुको कारोबारमा गिरावट आएको छ । आज सबैभन्दा बढी जल विद्युत कम्पनीहरुको कारोबार २.१६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्डको कारोबार ०.०७ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया