आजदेखि खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आईपीओ, कति कित्तासम्म भर्न सकिन्छ ?

लोकपथ
567
Shares

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता आईपीओ आजबाट खुल्ला गरेको हो।

हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । अरु आईपीओ जस्तै बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सम्बन्धन सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

२०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार थालेको यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?