काठमाडौं । जारी विम्बेल्डन २०२१ अन्तर्गत महिलातर्फ एशली बार्टी र करोलिना प्लिसकोभा फाइनल प्रवेश गरेका छन्।
बिहीवार लन्डनस्थित ‘सेन्टर कोर्ट’मा सम्पन्न खेलमा विश्व नम्बर १ एशली बार्टीले विश्व नम्बर २५ एन्जेलिक करबरलाई ६-३, ७-६ (७/३) को सोझो सेटमा पराजित गरिन्। खेलमा ८ एस प्राप्त गर्न सफल बार्टीले पहिलो सर्भमा मात्र ८८ प्रतिशत जित निकालेकी थिइन्।
त्यस्तै सेन्टर कोर्टमा नै खेलिएको अर्को खेलमा करोलिना प्लिस्कोभाले विश्व नम्बर २ एरिना साबालेनकालाई ५-७, ६-४, ६-४ को सेटमा पराजित गरेकी हुन्। पहिलो सेटमा पराजय भोगेकी प्लिस्कोभाले त्यसपछिका दुई सेटमा बेलारुसकी साबालेनका माथि उत्कृष्ट पुनरागमन गरेकी थिइन्।
महिला फाइनलमा अब विश्व नम्बर १ अस्ट्रेलियाकी एशली बार्टी र विश्व नम्बर ८ रसियाकी करोलिना प्लिसकोभा ‘जुलाई १०’ तारीखमा आफ्नो पहिलो विम्बेल्डन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया