आईपीओमा बढ्दै सर्वसाधारणको चासो, युनियन लाइफमा पहिलो दिनमै पर्‍यो मागभन्दा बढीको आवेदन

लोकपथ
189
Shares

काठमाडौं । आइपीओ बिक्रि खुल्ला गरेको युनियन लाइफ इन्स्योरेन्सको शेयरमा पहिलो दिन नै करिब १ गुणाले आवेदन दिएका छन् ।

कम्पनीको सामूहिक लगानी कोष र कर्मचारीलाई ५/५ प्रतिशत छुट्ट्याएर बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तर पहिलो दिननै ९१ लाख ६ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त माग गरेको सेयर संख्या बिक्रीमा राखिएको ६४ लाख ५० हजार कित्ताको १।४१ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओमा असार २८ गते सोमवार कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ।

थोरै लगानीमा आम्दानी गर्न सकिने भएकोले पछिल्लो समय आईपीओमा सर्वसाधारणहरुको चासो बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?