विम्बेल्डन २०२१: एशली बार्टीले जितिन् पहिलो विम्बेल्डन उपाधि, प्लिस्कोभा पराजित

लोकपथ संवाददाता
63
Shares
Tennis – Wimbledon – All England Lawn Tennis and Croquet Club, London, Britain – July 10, 2021 Australia’s Ashleigh Barty holds the trophy after winning her final match against Czech Republic’s Karolina Pliskova REUTERS/Toby Melville TPX IMAGES OF THE DAY

काठमाडौं । जारी विम्बेल्डन २०२१ अन्तर्गत महिला तर्फको उपाधि विश्व नम्बर १ अस्ट्रेलियाकी एशली बार्टीले जितेकी छिन्।

लन्डनको ‘अल इङ्ल्यान्ड क्लब’स्थित सेन्टर कोर्टमा शनिवार भएको फाइनल खेलमा बार्टीले चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभालाई ६-३, ६-७ (४/७) र ६-३ को सेटमा पराजित गरेकी हुन्। सन् २०१९ की ‘फ्रेन्च ओपन’ विजेता बार्टीले प्लिस्कोभालाई पराजित गर्दा आफ्नो पहिलो विम्बेल्डन उपाधि जितेकी हुन्।

त्यस्तै बार्टी ४१ वर्षपछि विम्बेल्डन उपाधि जित्ने अष्ट्रेलियन महिला बनेकी छिन्। सन् १९८० मा अष्ट्रेलियन इभोन गुलागङले यस अघि विम्बेल्डन उपाधि जितेकी थिइन्।

विम्बेल्डन २०२१ मा आज ‘आइतवार’ पुरुषतर्फ विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर ७ म्याटियो बरेटिन्नी उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?