काठमाडौं । गण्डकी प्रदेश सरकारले दुई मन्त्रालयको जिम्मेवारीलाई पूर्णता दिएको छ ।
लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् भने
जनता समाजवादी पार्टी (जसपा) का सांसद आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
गण्डकी प्रदेश सरकार नयाँ गठन भइसकेपछि पनि लामो समय विवादित बनेको मन्त्रालय बाँडफाँड हुन सकेको थिएन ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुंगो लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया