अरुण भ्यालीको लिलामी ‘राइट शेयर’ आज बाँडफाँड

लोकपथ
84
Shares

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गतेबाट १६ गते सम्म लिलामीमा राखेको अवितरित हकप्रद शेयर आज बाँडफाँड गरिएको छ । बाँडफाँड गर्दा अन्तिम कटअफ मूल्य ३८७ रूपैयाँ ७१ पैसा कायम भएको थियो । सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले शेयर पाएका छन् ।

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद शेयर लिलामीमा बिक्री खुल्ला गरेको थियो ।

शेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी असार २८ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?