काठमाडौं । कारोबारको पहिलो दिन आइतवार नेप्से परिसूचक ७३.३३ अंकले उकालो लागेर २८९८.४३ अंकमा पुगेर बन्द भएको छ।
आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीले ८२ हजार ४९ पटकको कारोबारमा ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयरको रू ८ अर्ब ६१ करोड ३८ लाख बराबरको कारोबार गरेका छन्।
आज एन आईसी एसिया बैकको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ४० करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेबिल बैकको २५ करोड ८४ लाख बराबरको कारोबार भएको हो ।
आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ ।
ब्रेकरहरु मध्यमा ब्रेकर नम्बर ५८ ले मात्रै ९२ करोड ९३ लाख बराबरको शेयर कारोबर गरेको छ भने ब्रोकर नम्बर ४२ ले ८० करोड ११ लाखको कारोबर गरेको छ ।
आज तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स र आइसि एफसि फाइनान्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै अरु २ वटा कम्पनीमा नकारात्मक र्सिर्कटको छ । राष्टिृय विमा कम्पनी लिमिटेड प्रमोटरको ४ प्रतिशत र कर्पोरेट विकास बैक लिमिटेडको ३ प्रतिशत शेयर मूल्यमा ओरालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया