प्रधानमन्त्रीद्वारा ‘थ्री नेसन्स कप’ विजेता टोली सम्मानित

काठमाडौं । गत चैत्र महिनामा सम्पन्न भएको ‘थ्री नेसन्स कप’को विजेता, नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन्।

नेपाल सरकारले आइतवार एक कार्यक्रम आयोजना गर्दै विजेता नेपाली टोलीलाई नगद सहित पुरस्कृत गरेको छ। ‘थ्री नेसन्स कप’मा सहभागी सबै खेलाडी र प्रशिक्षकलाई जनही ४ लाख नगद सहित सम्मान गरिएको हो। सरकारले यस अघिनै घोषणा गरिसकेको पुरस्कार आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो निवासमा प्रदान गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिशमा सरकारले उपाधि विजेतालाई जनही ४ लाख दिने निर्णय गरेको थियो। आयोजक राष्ट्र नेपाल, बंगलादेश र किर्गिजस्तान अण्डर-२३ सहभागी सो प्रतियोगितामा नेपालले बंगलादेशलाई फाइनल खेलमा २-१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो।

सो उपाधि उचाल्दा नेपालले घरेलु मैदानमा लामो समयको अन्तराष्ट्रिय उपाधि खडेरीलाई अन्त्य गरेको थियो। त्यस अघि नेपालले सन् ‘१९८४ साग’मा पछिल्लो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय उपाधि उचालेको थियो।

 

थ्री नेसन्स कप विजेता टोली

गोलरक्षक: किरण कुमार लिम्बू, विकेश कुथु, दिप कार्की

डिफेन्डर: रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, जित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सञ्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड: अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

प्रशिक्षण टोली: बालगोपाल महर्जन, किरण श्रेष्ठ, विकास मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?