नबिल बैंकले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरि आजदेखि एकीकृत कारोबार

लोकपथ
182
Shares

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार शुरु भएको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौडेलले भने ।

त्यस्तै युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष ३२ अर्ब ६८ करोड हुने बैंकले जनाएको छ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?