काठमाडौँ महानगरपालिकाका सार्वजनिक जग्गा खोज्न विद्यासुन्दर शाक्यको निर्देशन

काठमाडौँ, १४ चैत – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडा अध्यक्षलाई सार्वजनिक जग्गाको जानकारी गराउन निर्देशन दिनुभएको छ ।कामपाले करीव दुई हप्तादेखि प्रमुख शाक्यकै अगुवाईमा सार्वजनिक जग्गाको जानकारी लिन थालेको हो । विसं २०७२ मा गएको विनाशकारी भूकम्पका बेला सार्वजनिक जग्गाको पहिचान हुन नसक्दा समस्या भएकाले अनुगमनलाई तीव्रता दिएको कामपाले जनाएको छ ।नगरप्रमुख शाक्यले सार्वजनिक जग्गा खोज्ने जिम्मा दिँदै अतिक्रमण हटाउन र त्यसलाई उपयोग गर्ने योजना बनाउनेसम्मको अधिकार वडा कार्यालयलाई नै प्रत्यायोजन गरिसक्नुभएको छ ।स्थानीय सरकार सञ्चालन ऐन (२०७४) ले सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी मूलरुपमा स्थानीय तहलाई दिएको छ ।धेरै सार्वजनिक जग्गा केही व्यक्ति वा संस्थाले प्रयोग गरिरहेको पाएपछि सार्वजनिक जग्गा सार्वजनिक रुपमा नै राख्नका लागि पहिचान गर्न थालेको कामपाका निर्देशक नवराज ढकालले राससलाई जानकारी दिनुभयो ।वडा नं. ३ को कार्यालय भवनसँगै जोडिएको साढे ६ आना जग्गा फिर्ता लिएर महानगरले अभियानको थालनी गरेको छ ।अहिले काठमाडौँ महानगरपालिकामा ३२ वडा छन् । जसमा करिब १५ वटा वडा भित्री शहरमा पर्दछ । यति नै जग्गा रहेको छ भन्ने एकिन जानकारी भए पनि धेरै सार्वजनिक जग्गाहरु बाहिरी वडामा पर्दछन् ।अभियानअन्र्तगत वडा नं. ३ मा मात्र सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा भेटिएको छ । जुन जग्गाको मूल्य रु सात करोड बराबरको छ ।अब विश्वहिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्कालै सार्वजनिक प्रयोजनमा फिर्ता ल्याउने कामपाले जनाएको छ ।सबै सार्वजनिक जग्गालाई संरक्षित जग्गामा परिणत गरी बाल उद्यान, ज्येष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रूपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रुपमा राखिने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?