काठमाडौं । एन आई सी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएको दमक–५, झापा निवासी ४४ वर्षिय श्री गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो ।
निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पिएइ श्री प्रकाशचन्द्र अधिकारीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको श्री गजेन्द्र विक्रम कटुवालले बताए ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,” उनले थपे ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा बापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेको एन आई सी एशिया बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया