वैवाहिक वर्षगाठको अवसरमा ‘सूर्या वार्षिक अग्रिम भुक्तानी’ उपहार पोलिसी

लोकपथ
133
Shares

काठमाडौं । बुटवलका एक दम्पत्तिले वैवाहिक समारोहमा एक अर्कालाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनीहरुले सवा करोड रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएर हुन् । बुटवल चाँदबारी निवासी सुशिला कँडेलले आफ्ना पति सन्तोष कँडेललाई एक करोड २५ लाख बराबरको सुरक्षा हुने जीवन बीमा पोलिसी उपहार दिएकी छन् ।

सुशिलाले जीवन साथीलाई पहिलो विवाह बर्षगाँठमा उपहार स्वरुप सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्या वार्षिक अग्रिम भुक्तानी’ नामक जीवन बीमा पोलीसी उपहार दिएकी बताइएको छ ।

सूर्या लाइफ इस्योरेन्सको बुटवल शाखामार्फत जीवन बीमा पोलिसी खरिद गरी कँडेल दम्पत्तिले आर्थिक रुपमा आफ्नो भविष्य सुनिश्चित गरेका हुन् । उनीहरु गत वर्ष विवाह बन्धनमा बाँधिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?