१२ प्रतिशतले बढ्यो रेमिट्यान्स

लोकपथ
161
Shares

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिना(जेठसम्म) १२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ महिनासम्मको वर्तमान आर्थिक अवस्थाले रेमिट्यान्समा वृद्धि भएको देखाएको हो ।

यस अवधिमा रेमिट्यान्स ८ खर्ब ७० अर्ब ९४ करोड रुपैँया भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

यस अवधिामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ रवैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

त्यस्तै, यस अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?