शोधनान्तर स्थितिमा सुधार

लोकपथ
126
Shares

काठमाडौं । शोधानान्तर घाटामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठसम्मको वर्तमान आर्थिक अवस्थाले शोधानान्तर घाटामा सुधार आएको देखाएको हो ।

यस अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।

त्यस्तै, यस अवधिमा चालु खाता २९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु
खाता ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?