काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
कम्पनीले २८ वर्षको इतिहाँसमा पहिलो पटक बीमा शुल्क १ अर्ब संकलन गर्न सफल भएको हो ।
कोरोना महामारीकाबीच पनि कम्पनीले १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
कम्पनीले सञ्चालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको कडा मेहनतबाट १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्ज गरेको थियो ।
त्यस्तै,कम्पनीकोे निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत सो सफलता पाएको जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ करोड ८१ लाख रुपैयाँ रहेको छ । हाल यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपसना पौडेल रहेकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया